काठमाडौँ, असोज १७ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले चाडवाड नजिँकिँदै गर्दा सुरक्षा व्यवस्था चुस्तद्रुस्त बनाउन सर्कुलर जारि गरेका छन् । बिहीबार महानिरिक्षक खनालले प्रदेश १, २, ३, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यलयका प्रमुखहरु संग भिडियो कन्फरेन्समार्फत सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका हुन् ।
गण्डकी र सुदुरपश्चिम प्रदेश मातहतका १७ जिल्लाका जिल्ला प्रहरी कार्यलयका प्रमुहरु सँग पनि महानिरिक्षक खनालले सुरक्षा व्यवस्थाको बारेमा कुरा गरेका थिए । उनले चाडबाड संगै हुनसक्ने घटनाहरुको नियन्त्रण गर्नका लागि प्रहरी विशेष चनाखो भएर काम गर्न सुझाएका छन् ।
चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि महानिरिक्षक खनालले उक्त निर्देशन दिएका हुन् ।