सांसद खेम लोहोनी भन्छन्,‘नियम अनुसार मुआब्जा दाबी गरेको हुँ’

Diyo post  

दियोपोस्ट संवाददाता
धादिङ, १७ असोज । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खेम प्रसाद लोहनीले दियोपोस्टमा प्रकाशित समाचारको प्रेस विज्ञप्ति मार्फत खण्डन गरेका छन् ।
लोहनीले प्रकाशित समाचार ‘पूर्णत कपोलकल्पित, भ्रामक, अतिशयोक्तिपूर्ण र दुराग्रहप्रेरित’ रहेको भन्दै खण्डन गरेका हुन् ।
प्रकाशित समाचारमा वास्तविकता नभएको समेत लोहनीको दाबी छ । यद्धपी मुआब्जा दाबी गरेको विषयमा भने उनले स्वीकार गरेका छन् ।

‘मेरो पत्रिक सम्पत्तिबाट आएको पूर्ण हकभोग रहेको घर, आवास रहेको साविक चैनपुर वडा नम्बर ३ घ कित्ता नम्बर ११२ क्षेत्रफल १०–०–३–२ जग्गाको बीचमा पारेर बाटो बनेको, उक्त जग्गा पूर्ण रुपले डुबान क्षेत्र पर्ने हुँदा नियमानुसार मैले मुआब्जा दाबी गरेको हुँ,’ लोहनीले भनेका छन् ।


यद्धपी लोहनीले दियोपोस्टलाई दिएको जानकारी अनुसार गत वर्ष मागमा उनले दाबी गरेको स्थानमा सडक पुर्याइएको थियो ।


त्यस्तै लोहनीले आफ्नो पीताको नाममा २ सय रोपनी जग्गा भएको विषय समेत झूटो भएको दाबी गरेका छन् ।


लोहनीले दियोपोस्टलाई पठाएको खण्डन जस्ताको तस्तै

सम्बन्धित खबर