काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महराविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
लामो समयको सार्वजनिक बिदाको समयमा जरुरी महत्वका काम गर्न गठन गरिएको इजलाशबाट महराविरुद्धको पक्राउ पूर्जी जारी भएको हो ।
महानगरीय प्रहरी बृत्त बानेश्वरले जरुरी महत्वको पक्राउ पूर्जी जारी गर्ने सम्बन्धमा दिएको निवेदन स्वीकृत गर्दै पक्राउ पूर्जी जारी भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए ।
महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै गत शुक्रबार उनीविरुद्ध महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो ।