सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं, असोज २४। सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बिहीबारको मन्त्रीपरिषद बैठकमा सीको स्वागतका लागि आइतबार प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ ।