काठमाडौं,असोज २४ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
सो गाउँ पालिकाको वडा नम्बर १० मा शुक्रबार बिहान भएको बस दुर्घटनामा ८ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले बताएका छन् ।
सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।