काठमाडौँ, असोज २५ । सीता एअरको विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
शनिबार विहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको ‘९ एन–आई–इ’ विमानको पंखामा चरा छिरेपछि पाइलटले आकस्मिक अवतरण गराएका थिए ।
उँड्ने बित्तिकै पंखामा चरा छिरेको थाहा पाएपछि पाइलटले पुनः मन्थली एअरपोर्टमै अवतरण गराएका थिए । आकस्मिक अवतरण गराइएपछि ठुलो दुर्घटना हुनबाट टरेको छ ।
विमानमा चालक दलका तीन सदस्य र १३ जना यात्रु गरि कुल १६ जना रहेका थिए ।