सीको स्वागतका लागि खेलाडीहरुलाई सडकमा लामवद्ध भएर बस्न निर्देशन

दियो पोस्ट  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सम्पुर्ण खेलाडीहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म लामबद्ध भएर सी को स्वागत गर्ने तयारी भइरहँदा राष्ट्रिय खेलाडीहरुलाई पनि स्वागतको लागि उपस्थित हुनको लागि निर्देशन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा आवद्ध सम्पुर्ण खेलाडीहरु अनिवार्य उपस्थित हुँदा बबरमहलदेखि माइतीघरसम्म लामवद्ध हुने राखेपले जनाएको छ । राखेपले समेत खेलाडीहरुलाई अनिवार्य उपस्थित हुनका लागि निर्देशन दिएको छ ।

सम्पुर्ण खेलाडीहरु १३ औँ सागको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी जनाइरहेका छन् ।

सरकारले निजामती कर्मचारीहरुलाई अनिवार्य रुपमा सडकमा लामवद्ध भएर चिनियाँ राष्ट्रपति सी को स्वागतमा लाग्नका लागि यसअघि नै निर्देशन गरिसकेको छ । निजामती कर्मचारी, खेलाडी लगायत सर्वसाधारणलाई समेत स्वागतका लागि उपस्थित हुनका लागि आग्रह गरेको छ ।