काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आईपुगेका छन । उनी भर्खरै त्रिभुवन विमानस्थल अवतरण गरेका हुन ।
चिनबाट भारत पुगेका राष्ट्रपति सी भारतको २ दिने भ्रमण सक्काएर आज नेपाल आईपुगेका हुन ।
राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।
राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।
उनि एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका विमानस्थल कार्यलयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएका हुन् ।
विमानस्थल अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सी सिधै शीतलनिवास पुग्ने छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरको रात्रीभोजमा सहभागी हुनका लागि सोल्टी होटल पुग्ने छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बानेश्वर हुँदै पुतलीसडक बालुवाटार बाट शीतलनिवास सम्मको सडकमा ठुला र थोत्रा सवारी साधन चलाउन रोक लगाइएको छ । शीतलनिवासबाट लाजिम्पाट हुँदै शहिदगेट तर्फबाट होटल सोल्टी क्राउन प्लाजासम्म पनि ट्राफिक व्यवस्था चुस्त बनाइएको छ ।
प्रहरीले सी को सुरक्षालाई मध्यनजर गर्दै सडक पेटीमा हिँड्ने व्यक्तिहरुमाथि पनि कडा निगरानी राखेको छ । शनिबार काम भएमात्र सडकमा निस्कनका लागि सर्वसाधरणमाझ आह्वान गरेको छ । सी आइतबार दिउँसो चिन फर्कने कार्यक्रम रहेको छ ।
सीको सुरक्षा व्यवस्थामा कडाई
सी लाई सुरक्षा दिन सरकारले चार सुरक्षा घेरा बनाएको छ । पहिलो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन भने दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा शसस्त्र प्रहरी बलले सुरक्षा दिने छन । सुरक्षाको चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहनेछन ।
सीको सुरक्षाका लागि राजधानीमा १५ हजार भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
विश्वकै शक्तिशाली ब्यक्ति नेपाल आउने भएपछि सुरक्षामा कुनैपनि कमी नराखिएको गृह स्रोतले जनाएको छ । दिउँसो ३ बजेपछि गाडी आवात जावतमा पनि कडाई गरिएको छ ।
सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियार सहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।
थोत्रा गाडी निशेध
सवारी व्यवस्थापनको जिम्मेवारी पाएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले शनिबार सीको सवारी हुने सडकहरुमा थोत्रा सवारी साधन चलाउन निषेध गरेको छ ।
त्यस्तै ठुला मालवाहक गाडी समेत निषेध गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।