चिनियाँ राष्ट्रपति सीले आजै देउवालाई भेट्ने, प्रचण्डसंगको भेट भोली मात्रै

दियो पोस्ट  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार साँझ नै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवासंग भेटवार्ता गर्ने भएका छन् । केहीबेर पछि त्रिभुवन विमानस्थलबाट नेपाल आउने सीले साँझ देउवासंग भेट गर्ने कार्यतालिका रहेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी ४ देखि ५ बजे भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सी सोझै होटल सोल्टी क्राउन प्लाजा पुग्ने छन् । सोल्टीमा केही समय आराम गरेपछि उनि राष्ट्रपति भवन शीतलनिवास पुग्ने छन् । त्यहा राष्ट्रपति भण्डारी संग सिष्टाचार भेट गरेपछि पुनः सोल्टी होटल फर्किने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीको स्वागतको लागि होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छिन् । रात्रीभोज पश्चात राष्ट्रपति सीले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवासंग भेट गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति सीले आइतबार विहान मात्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गर्ने भएका छन् । आइतबार विहान १०ः३० बजे प्रधानमन्त्री केपी ओली लगायतका प्रतिनिधिहरुसंग भेट गरि नेपालले अघि सारेको सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सी १२ बजे चिन फर्कने कार्यक्रम रहेको छ ।