काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ होटल सोल्टीबाट शीतलनिवासतर्फ प्रस्थान गरेका छन् ।
अपराह्न त्रिभुवन विमानस्थल अवतरण गरेका राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवि भण्डारी, परराष्ट्र मन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरु पुगेका थिए ।
विमानस्थलमा चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको टुकुडीले गार्ड अफ अनर सहित २१ तोपको सलामी दिएको थियो ।
विमानस्थलबाट होटल सोल्टी पुगेका सी राष्ट्रपति विद्यादेवि भण्डारी संग शीष्टाचार भेटको लागि शीतलनिवासतर्फ लागेका हुन् ।
भेटमा दुई देशबिचको सम्वन्धका बारेमा छलफल हुनेछ ।
भेटपछि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन होटल सोल्टी पुग्नेछन् । त्यहाँ नेपाली प्रतिनिधि सहित चिनियाँ प्रतिनिधिमण्डलसहितको रात्रिभोज हुनेछ ।