विमानस्थलमा जब बालिकाहरुले फुलको माला दिँदै चिनियाँ राष्ट्रपतिलाई स्वागत गरे

दियो पोस्ट  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति त्रिभुवन विमानस्थल अवतरण गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई स्वागत गरे । सीलाई स्वागत गर्नका लागि राष्ट्रपति भण्डारी विमान नजिकै पुगेकी थिईन् ।

विमानस्थलमा स्वागत गर्नका लागि पाँच बालबालिकालाई पनि राखिएको थियो । ती बालिकाहरुले राष्ट्रपति सीलाई फुलको माला दिँदै स्वागत गरे । राष्ट्रपति सीले पनि मुस्कुराउँदै ती बालबालिकाको स्वागतलाई स्वीकार गरे ।

विमानस्थलमा राष्ट्रपति सीलाई नेपाली सेनाको टुकुडीले २१ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

विमानस्थलबाट होटल सोल्टीसम्म विभिन्न स्थानहरुमा नेपाल चीन सम्वन्ध सगरमाथाजत्तिकै उचोँ छ भनि लेखिएका स्वागत गेटहरु लगाइएको छ । सडक किनारमा फुल रोपिएको छ । सडक रंगाइएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थल परिसरबाट सोल्टी होटलसम्म ठाउँठाउँमा मानिसहरु लामवद्ध भएर समेत उभिएका थिए । लामबद्ध भएर स्वागतका लागि उभिनेमा निजामती कर्मचारी, खेलाडी, विद्यार्थी तथा सर्वसाधारणहरु थिए ।