फोटोमा हेर्नुहोस, चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा गरिएको स्वागत !

Diyo post  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवि भण्डारी नै विमानस्थल पुगेकी थिईन् ।

त्यस्तै उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सी अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

उनलाई नेपाली सेनाको टुकडीले २१ तोपको सलामीसहित गार्ड अफ अर्नर प्रदान गरेको छ ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

विमानस्थलबाट होटल सोल्टीसम्म विभिन्न स्थानहरुमा नेपाल चीन सम्वन्ध सगरमाथाजत्तिकै उचोँ छ भनि लेखिएका स्वागत गेटहरु लगाइएको छ । सडक किनारमा फुल रोपिएको छ । सडक रंगाइएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थल परिसरबाट सोल्टी होटलसम्म ठाउँठाउँमा मानिसहरु लामवद्ध भएर समेत उभिएका थिए । लामबद्ध भएर स्वागतका लागि उभिनेमा निजामती कर्मचारी, खेलाडी, विद्यार्थी तथा सर्वसाधारणहरु थिए ।

सम्बन्धित खबर