यस्तो छ होटल सोल्टीमा रात्रीभोजको लागि तयार पारिएको सभाहल

Diyo post  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपतिको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रीभोजको आयोजना गरेकी छिन् ।

सोल्टीमोडमा रहेको होटल सोल्टी क्राउन प्लाजामा चिनियाँ राष्ट्रपतिलाई रात्रीभोज दिइँदै छ । रात्रीभोजमा चिनियाँ प्रतिनिधिमण्डलसहित नेपाली राजनीतिक दलका शीर्ष नेतासहित विशिष्ठ व्यक्तित्वहरु सहभागी हुनेछन् ।

रात्रीभोजमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहित सरकारका प्रतिनिधिहरु होटल सोल्टी पुगिसकेका छन् ।

होटल सोल्टीको एक विशिष्ठ सभाहलमा रात्रीभोजको आयोजना गरिएको छ । सभाहलमा विशष्ठ प्रकृतिको मञ्च तयार पारिएको छ । मञ्चको पछाडी अंग्रेजीमा लङ लाईभ नेपाल–चाइना फ्रेण्डसीप लेखिएको ठुलो ब्यानर सजाइएको छ ।

सोही सभाहलमा चिनियाँ राष्ट्रपति नेपाली प्रतिनिधिमण्डलसंग रात्रीभोजमा सहभागी हुनेछन् । राष्ट्रपति सी केही बेरमै होटल सोल्टी पुगेर रात्रीभोजमा सहभागी हुनेछन् । चिनियाँ राष्ट्रपति संगै राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापती देउवा लगायत अन्य शीर्ष नेताहरु सहित मन्त्रीपरिषदका सदस्यहरु सहभागी हुनेछन् ।

तस्वीरः विष्णु क्षेत्रीको फेसबुकबाट

सम्बन्धित खबर