राष्ट्रपति सीलाई रात्रिभोजः साँधेको भटमासदेखि क्वाँटीको रस र गुल्मीको कफीसम्म (मेन्युसहित)

दियो पोस्ट  

काठमाडौँ, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा होटल सोल्टीमा रात्रीभोजको आयोजना गरेकी छिन् । रात्रीभोजमा सहभागी हुनका लागि मन्त्रीपरिषदका सदस्यदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सोल्टीको सभाहल पुगिसकेका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई रात्रीभोजका लागि विभिन्न परिकारहरु तयार पारिएको छ । स्टार्टर, सुप, मेनकोर्स र डेजर्ट गरि विभिन्न परिकारहरु रात्रीभोजका लागि तयार पारिएको हो ।

यी चारैथरी परिकारहरुमा नेपाली र चिनियाँ परिकारहरुको मिश्रण रहेको छ । रात्रीभोजको मेन्यु कार्डमा
नेवारी बारा, मोमो, सिमीसँग भटमास साँधेको, कुरिलो र क्वाटीको रसजस्ता नेपाली परिकारहरु रहेका छन् । त्यस्तै गुल्मीको कफी र इलामको चियासमेत तयार पारिएको छ ।

यस्तो छ मेन्युकार्ड

TATA ADD