सी जिनपिङको प्रचण्डसहित नेकपा नेताहरुसंग सामुहिक भेटवार्ता

दियो पोस्ट  

काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपा सचिवालय सदस्यहरुसंग सामुहिक भेटवार्ता गरेका छन् । आइतबार विहान नेकपा नेता प्रचण्डको नेतृत्वमा होटल सोल्टीमा चिनियाँ राष्ट्रपति सी र उनिसंगै आएका प्रतिनिधिहरुसंग भेट गरेका हुन् ।

भेटवार्तामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् ।

भेटवार्तामा नेपाल र चिनको सम्वन्ध र राजनीतिक परिवेशको बारेमा छलफल भएको छ ।

सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।

शनिबार साँझ सीले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवासंग भेटवार्ता गरिसकेका छन् । देउवासंगको भेटमा राष्ट्रपति सीले नेपाली कांग्रेससँग पनि मिलेर अगाडी बढ्ने चाहना व्यक्त गरेका थिए ।

आइतबारको सामुहिक छलफलपछि राष्ट्रपती सीले नेकपा अध्यक्ष प्रचण्डसंग वान टु वान वार्ता गर्नेछन् ।

राष्ट्रपति सी आइतबार दिउँसो १ बजे वेइजिङ फर्किने कार्यक्रम रहेको छ ।

TATA ADD

सिफारिस