बम काण्डमा संलग्न कांग्रेस सांसद आलम पक्राउ

दियो पोस्ट  

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई रौतहटको गौरबाट पक्राउ गरिएको हो ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सा‌ंसद आलममाथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।