काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । होटल सोल्टीमा आइतबार विहान चिनियाँ प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबिच उच्चस्तरीय छलफल भएको हो ।
छलफलपछि १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा रसुवागढी–काठमाडौ र तातोपानी–काठमाडौँ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ।
शनिबार नेपाल आइपुगेका सीले राष्ट्रपति भण्डारी, काँग्रेस सभापती देउवासंग गएराति नै भेटवार्ता गरिसकेका छन् ।
आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।