चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किए

Diyo post  

काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् ।

आइतबार दिउँसो सवा २ बजे चिनियाँ राष्ट्रपति एअर चाइनाको विमानबाट बेइजिङ फर्किएका हुन् ।

स्वदेश फिर्ता अघि विमानस्थलको अति विशिष्ठ कक्षमा राष्ट्रपति सी लाई नेपाली सेनाका टुकुडीले गार्ड अफ अनर प्रदान गरेको थियो ।

राष्ट्रपति सीको विदाइका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी छिन् ।

उनको बिदाइमा विभिन्न समुदायका मानिसहरुले सांस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर