विमानस्थलमा सीको बिदाइको लागि ओछ्याइएको कार्पेटमा ‘सर्प’

दियो पोस्ट  

काठमाडौँ, असोज २६ । त्रिभुवन विमानस्थलको अति बिशिष्ठ कक्षमा ओछ्याइएको रेड कार्पेटमा सर्प देखिएको छ ।

चिनियाँ राष्ट्रपतिको बिदाइका लागि ओछ्याइएको रेड कार्पेटमा सर्प हिँडेको हो ।

होटल सोल्टीबाट विमानस्थल पुग्नुअगाडी नै रेड कार्पेटमा सर्प देखिएको थियो ।

विमानस्थलमा उपस्थित सुरक्षाकर्मीहरुले सर्पलाई धपाएका थिए ।