चिनियाँ राष्ट्रपति सी ले नेपाल बसाइँको २२ घण्टामा केके गरे ?

Diyo post  

काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नपालको दुई दिने राजकीय भ्रमण सकाएर बेइजिङ फर्किसकेका छन् । शनिबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका सी आइतबार दिउँसो सवा २ बजे चीन फर्किएका हुन् । उनले करिब २२ घण्टा काठमाडौँमा बिताए ।

आइतबार अपराह्न ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरियो । उनलाई स्वागत गर्नका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन लगायतका उच्च अहोदाका ब्यक्तित्वहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलमा राष्ट्रपति सीको स्वागतमा नेपाली सेनाको टुकुडीले गार्ड अफ अनर सहित २१ तोपको सलामी दिएको थियो । विमानस्थलमा केही समय बिताएपछि राष्ट्रपति सी सोल्टीमोडस्थित होटल सोल्टी पुगेका थिए । होटल सोल्टीमा केही समय आराम गरेपछि आफ्ना समकक्षीसँगको शीष्टाचार भेटका लागि राष्ट्रपति सी शीतलनिवास पुगेका थिए ।

शीतलनिवासमा राष्ट्रपतिस्तरीय भेटवार्ता र छलफलमा करिब ४५ मिनेटको समय सक्किएको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीसँगको शीष्टाचार भेटवार्तापछि आफ्नो स्वागतका लागि समकक्षीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनका लागि सी पुन होटल सोल्टी पुगेका थिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले सीको सम्मानका लागि आयोजना गरेको रात्रीभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका सभामुख, मन्त्रीपरिषदका सदस्यहरु, जनप्रतिनिधिहरु लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

रात्रीभोजपश्चात राष्ट्रपति सीले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउबासँग वान टु वान बार्ता गरेका थिए । वार्ताका क्रममा नेपाली कांग्रेससँग समेत सहकार्य गरि चिन अगाडी बढ्न चाहेको बताएका थिए ।

शनिबार रातिसम्म व्यस्त रहेका चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमै आराम गरेका थिए ।

आइतबार बिहान राष्ट्रपति सीले नेकपाको प्रतिनिधिमण्डल सँग भेटवार्ता गरेका थिए । नेकपा अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको प्रतिनिधि सँग चिनियाँ प्रतिनिधिको टोली सहित सीले भेटवार्ता गरेका थिए । नेकपाका नेताहरुसँगको भेटवार्ता पछि प्रचण्डसँग वान टु वान वार्तासमेत गरेका थिए ।

त्यसपछि राष्ट्रपति सी सहितको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसंग भेटवार्ता र छलफल गरेको थियो । छलफल पश्चात २० वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । हस्ताक्षरपत्रमा नेपालको पुर्वाधार विकाससँग सम्वन्धित सम्झौताहरु थिए ।

समझदारीपत्रमा हस्ताक्षर भइसकेपछि चिनियाँ राष्ट्रपती सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेका थिए । करिब १५ मिनेटको वार्तापश्चात सी होटल सोल्टीबाट विमानस्थल प्रस्थान गरेका हुन् ।

सीको बिदाइका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलमा राष्ट्रपति सीको बिदाइमा विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली सेनाको टुकुडीले उनलाई गार्ड अफ अनर प्रदान गरेपछि सी विमान भित्र प्रवेश गरेका थिए ।

सम्बन्धित खबर