प्रधानमन्त्री भन्छन्, ‘देउवाजी संग मेरो ४५ बर्ष पुरानो मित्रता छ, हामी संगै जेल बस्यौँ’

दियो पोस्ट  

काठमाडौँ, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग आफ्नो निकै पुरानो मित्रता भएको बताएका छन् । आइतबार नेपाली काँग्रेसले आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसका धेरै जस्ता पुराना नेताहरुसँग आफ्नो गहिरो मित्रता रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफुहरुको पुरानो दिनलाई याद गर्दै शेरबहादुर देउवा, रामशरण महत, रामचन्द्र पौडेल लगायतका नेताहरुसँग आफ्नो निकै राम्रो सम्वन्ध रहेको बताएका छन् । बितेका दिनहरुमा संगै आन्दोलनमा होमिएको र संगसंगै जेल बसेको समेत प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि अनवरत रुपमा लडिरहने बताएका छन् । लोकतन्त्रलाई तलमाथि हुन नदिनका लागि आफु सँधै लागि पर्ने प्रधानमन्त्रीले बताए । सबै राजनीतिक दलका नेताहरुबिच सौहार्दपुर्ण वातावरण निर्माणका लागि चियापान कार्यक्रम निकै महत्वपुर्ण रहेको उनले बताए ।

सिफारिस