आईसीसीले क्यानलाई लगाएको निलम्बन साढे तीन वर्षपछि फुकुवा

दियो पोस्ट  

साढे तीन वर्षअघि निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुन: अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ।

सोमवार दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले नेपाललाई लगाएको निलम्बन फुकुवा गरेको हो।

नेपाली क्रिकेटको नेतृत्व तहमा विवाद सिर्जना भएपछि सन् २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गरेको थियो।

त्यतिखेर विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएकाले त्यस्तो कदम लिइएको जनाएको थियो। क्यानको विवाद अदालतमा पनि पुगेको थियो।

गत महिना आईसीसीले बनाएको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्‌को रोहबरमा क्यानको निर्वाचन गरेको थियो।

सम्बन्धित खबर