पारस खड्काद्धारा राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा

दियो पोस्ट  

काठमाडौँ, असोज २८ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले पदबाट राजिनामा दिएका छन् । मंगलबार सामाजिक संजालबाट खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

सोमबार आइसीसीले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गरेकै भोलिपल्ट कप्तानीमा नरहने घोषणा गरेका हुन् । आइसीसीले प्रतिबन्ध फुकुवा गरेको प्रति खुशी व्यक्त गर्दै पारसले नेपाली क्रिकेटलाई नयाँ शिराबाट अगाडी बढाउनुपर्ने भन्दै कप्तानबाट राजिनामा दिएका हुन् ।

‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।

पारसको राजिनामापछि अब राष्ट्रिय टोलीको नेतृत्व कसले गर्ने भन्ने विषयमा बहस चलेको छ । नेपाली क्रिकेट टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल अबका कप्तानको मुख्य दाबेदार मानिन्छ । उनले पारसको अनुपस्थितीमा धेरै खेलहरुमा कप्तानीको भुमिका निर्वाह गरेका छन् ।

त्यस्तै दीपेन्द्र सिंह ऐरि , शरद भेष्वाकर र बसन्त चौधरी पनि कप्तानको जिम्मेवारी सम्हाल्न सक्ने खेलाडीमा पर्छन् ।

भेषावकरले उमेर समूह हुँदै नेपाली राष्ट्रिय टिमसम्म आइपुग्दा राम्रो पदर्शन गरिसका छन् । जसले गर्दा उनको कप्तानीमा पनि नेपालले आगामी दिनको यात्रा तय गर्न सक्छ ।

दीपेन्द्रसिंह ऐरीले पनि उमेर समूहहुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । उनले उमेर समूह कप्तानी गरेपनि सिनियर लेभलमा पहिलो पटक उपकप्तानको जिम्मेवारी सम्हालेका छन् । हुन त कप्तान हुँदा उपकप्तानको भूमिका त्यतिधेरै नहुने भएकाले ऐरीलाई यदि जिम्मेवारी दिने हो भने के गर्लान त्यो भने पछि नै थाहा हुने छ ।

पारसले राजीनामा दिएपछि क्रिकेट संघ क्यानका कुनै पनि पदाधिकारीले अहिलेसम्म प्रतिक्रिया भने दिइसकेका छैनन् ।