काठमाडौँ, असोज ३० । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै उच्च मुल्य पाएका छन् ।‘द हण्ड्रेड्स’ क्रिकेट प्रतियोगिताका लागि बर्मिङ्घमले उच्च मुल्यका साथ सन्दीपलाई अनुवन्ध गरेको हो ।
बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन्। इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियोगिताका लागि बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड अर्थात १ करोड ४६ लाखनेपाली रुपैयाँमा अनुबन्धन गरेको हो ।
सन्दीप बुधबार मात्र टी–१० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए ।एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।