ब्रुगेबिरुद्ध पिएसजीको सानदार जित, एम्बाप्पेको ह्याट्रिक

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ६ । च्याम्पियन्स लिग अन्तर्गतको समहु चरणको खेलमा पीएसजीले शत प्रतिशत जित निकालेको छ । मंगलबार राति ब्रुगेलाइ ५–० गोलको सानदार जित निकाल्दै पिएसजी समुहको शीर्ष स्थानमा उक्लिएको छ ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक प्रहार गरेका छन् । त्यस्तै माउरो इकार्डीले दुई गरेका थिए । सातौं मिनेटमा इकार्डीले एंगल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफमा चार गोल थप्यो । ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता २–० मा लम्ब्याए । त्यसको दुई मिनेटपछि एमबाप्पेको पासमा इकाडीले गोल गरे ।

७९ र ८३औं मिनेटमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरे । पछिल्ला दुबै गोल एमबाप्पेले डि मारियाको पासमा गरेका थिए ।

समूह एमा शतप्रतिशन जितसहित पीएसजी शीर्ष स्थानमा छ भने रियल मड्रिड चार अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । क्लब ब्रुगेको दुई अंक छ भने गलातासारेको एक अंकमात्र छ ।