च्याम्पियन्स लिगः बार्सिलोना विजयी, मेस्सीको कीर्तिमानी गोल !

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ७ । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना विजयी भएको छ । समुह एफ अन्तर्गतको खेलमा स्लाभिया प्राग २–१ ले पराजित भएको हो ।

चेक गणतन्त्रमा भएको खेलको २ मिनेट ५५ सेकेण्डमा मेस्सीले गोल गरे । अर्थरको उत्कृष्ठ पासलाई मेस्सीले सटिक गोल गरेका थिए । गोलसँगै मेस्सी च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने पहिलो खेलाडी बने ।

पहिलो हाफ १–० मै समाप्त भएको खेल दोस्रो हाफमा बराबरी भएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा प्रागका लागि जान बोरिलले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

खेलको ५७औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोनाले फेरी अग्रता लियो । मेस्सीको फ्रिकिलाई स्वारेजले प्रहार गरेका थिए । सो बलले ओलायिन्कालाई छोएर गोल भएको थियो ।

यो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ भने प्रशिक्षक अर्नेस्तो भाल्भार्डेमाथिको दबाब पनि केही कम भएको छ ।

सम्बन्धित खबर

सिफारिस