महिला क्रिकेट लिगको उपाधी चितवन राइनोजलाई, काठमाडौँ ४५ रनले पराजित

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ७ । काठमाडौँमा सम्पन्न महिला क्रिकेट लिगका उपाधी चितवन राइनोजले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चितवनले काठमाडौँ क्विन्सलाई ४५ रनले पराजित गरि उपाधी हत्याएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको साझेदारी गरेका थिए । काजल श्रेष्ठ २१ रन बनाएर आउट हुन पुगिन् । उनले २८ बलमा २ चौक्का प्रहार गरेकी थिइन् ।

त्यसपछि चितवनले ४९ रनमै दोस्रो विकेट खेर फालेको थियो । रितु कनौजीया र सुमन खतिवडाले चितवनको स्कोर अघि बढाएका थिए । २५ बल सामना गरेकी सुमनले २९ रन बनाउँदा ५ चौका प्रहार गरेकी थिइन् । ८४ रन हुँदा सुमन आउट हुन पुगेकी थिइन् । अन्तत काठमाडौं ६७ रनमा समेटिन पुग्यो ।