काठमाडौं, ७ कार्तिक । नक्कली सर्टिफिकेटका आधारमा नेपाल लाईफको अध्यक्ष पद हत्याएका नेपाल लाईफका अध्यक्ष गोविन्दलाल संघाई यतिबेला फेरी अर्को तनावमा छन् । कारण हो–अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
बालुवाटार जग्गाकाण्डमा मुछिएका संघाईलाई आयोगले पटक पटक बयान लिइसकेको छ । तत्कालिन सरकारले कानुन बमोजिम मुआब्जा समेत दिइ अधिग्रहण गरि लिएको साविक हाँडीगाउँको लगत भिड्ने ललिता निवास क्याम्पको जग्गा कौडीको भाउमा हत्याएपछि संघाई यतिबेला अख्तियारमा बयान दिँदैमा हैरान छन् ।
बयान दिन अख्तियारमा आउन भन्दै गत भदौ १८ गते नै अख्तियारले गोरखा पत्रमा सुचना छापेको थियो । ७ दिन भित्र अख्तियार नआए पक्राउ गर्नेसम्मको चेतावनी दिएको उक्त सुचनापछि संघाई आयोगमा बयान दिन पुगेका थिए ।
तत्कालिन मालपोत कार्यालय डिल्ली बजार काठमाडौंका कर्मचारीहरुको मिलमतोमा गैरकानुनी तरिकाले संघाई सहितका ठूला व्यापारीहरुले बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा हत्याएका थिए ।
आफूलाई देशको सर्वश्रेष्ठ र एक नम्बर विमा कम्पनि दावी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रहेका संघाई यसअघि नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेको अभियोगमा पक्राउ परेका थिए ।
सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका अभियुक्त रहेका संघाईलाई अख्तियारले भने छुटकारा दिने छाँटकाट देखिँदैन ।
नागरिकता नम्बर २९८३/८८४५ रहेका संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु आफ्नो नाममा पारेका छन् ।
अध्यक्ष संघाईले भारतबाट नक्कली शैक्षिक प्रमाण पत्र ल्याएको विषयमा यसअघि नै सिआईबीलाई बोधार्थ दिएर विमा समितिमा उजुरी परेको थियो ।
सर्वसाधरणको जीवन सुरक्षाको नाममा ठगीधन्दा चलाइरहेका संघाईलाई हालसम्म पनि सरकारले कुनै कारबाही भने गरेको छैन ।

‘नेपाल लाईफ ईन्स्योरेन्सका सञ्चालक श्री गोविन्द लाल संघाईले आई. ए र बि. ए को सर्टि्फिकेट भारतबाट नक्कली ल्याई उक्त सर्टि्फिकेटको आधारमा विमा समितिबाट निर्दे्शित विमा सुशासनमा संचालकको योग्यता स्नातक हुनुपर्ने व्यवस्था छ,’ तत्कालिन उजुरीमा भनिएको थियो ।
विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७३ अनुसार सञ्चालकको योग्यता स्नातक वा सोसरह उपाधी हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।
भारतबाट नक्कली सर्टि्फिकेट ल्याइ अध्यक्ष नियुक्त भए पनि संघाईलाई अहिलेसम्म सिआइबीले छानबीनको दायरामा ल्याएको छैन । उनी विरुद्ध २०७४ मंसिर २० गते उजुरी दर्ता भएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजार बस्ने राम अवतार अग्रवालले संघाईलाई कारबाही गर्न माग गर्दै विमा समिति र सिआइबीमा जाहेरी दिएका थिए तर सत्ता र शक्तिको आडमा जे पनि गर्ने संघाईलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।
