नक्कली ‘सर्टिफिकेटधारी’ संघाई नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्ष, सिआइबीमा उजुरी अलपत्र !

नक्कली ‘सर्टिफिकेटधारी’ संघाई नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्ष, सिआइबीमा उजुरी अलपत्र !

काठमाडौं, ९ वैशाख । आफूलाई देशको सर्वश्रेष्ठ र एक नम्बर विमा कम्पनि दावी गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा विवादास्पद र नक्कली सर्टिफिकेटधारी व्यापारीको रजाइँ रहेको पाइएको छ ।


नेपाल लाईफ इन्स्योरेन्सका अध्यक्ष तथा गोविन्द लाल संघाईको नक्कली शैक्षिक प्रमाण पत्रबारे एउटा निवेदन अहिले पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा सुरक्षित छ ।

उनले भारतबाट नक्कली शैक्षिक प्रमाण पत्र ल्याएर नेपालमा विभिन्न उद्योग व्यावसाय गरिरहेको भन्दै २ वर्ष अघि नै सिआईबीलाई बोधार्थ दिएर विमा समितिमा उजुरी परेको हो । तर, त्यस्ता विवादास्पद व्यापारीले सर्वसाधरणको जीवन वीमाको नाममा करोडौँ ठगी गरिरहँदा पनि सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् ।


‘नेपाल लाईफ ईन्स्योरेन्सका सञ्चालक श्री गोविन्द लाल संघाईले आई. ए र बि. ए को सर्टिफिकेट भारतबाट नक्कली ल्याई उक्त सर्टिफिकेटको आधारमा विमा समितिबाट निर्देशित विमा सुशासनमा संचालकको योग्यता स्नातक हुनुपर्ने व्यवस्था छ,’ तत्कालिन उजुरीमा भनिएको थियो ।


विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७३ अनुसार सञ्चालकको योग्यता स्नातक वा सोसरह उपाधी हासिल गरेको हुनुपर्ने व्यवस्था छ । भारतबाट नक्कली सर्टिफिकेट ल्याइ अध्यक्ष नियुक्त भए पनि संघाईलाई अहिलेसम्म सिआइबीले छानबीनको दायरामा ल्याएको छैन । उनी विरुद्ध २०७४ मंसिर २० गते उजुरी दर्ता भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजार बस्ने राम अवतार अग्रवालले संघाईलाई कारबाही गर्न माग गर्दै विमा समिति र सिआइबीमा जाहेरी दिएका थिए तर सत्ता र शक्तिको आडमा जे पनि गर्ने संघाईलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।


सर्वसाधरणको जीवन विमाको नाममा अरबौँ कमाउँदै आएका नेपाल लाईफका अध्यक्ष संघाईले सर्वसाधरणकै जीवनमा भने गम्भिर खेलवाड गर्दै आएका छन् । धादिङको पृथ्वी राजमार्गमा सडक किनारमै सिद्धार्थ ग्याँस उद्योग खोलेका छन् ।

उक्त ग्याँस उद्योग मापदण्ड विपरित सञ्चालनमा आइरहे पनि कुनै निकायले चासो दिएको छैन । यसअघि तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले सिद्धार्थ ग्याँसमा छापा हानी शिल गरेका थिए । तर, शक्तिकै आडमा धन्दा चलाउँदै आएका संघाईले हालसम्म पनि मापदण्ड विपरित उद्योग चलाउँदै आएका छन् ।

यो पनि

नेपाल लाइफ इन्स्योरेन्समा अयोग्य व्यक्ति सिइओ : जनताको लगानी, झा र संघाईको मनोमानी !

Facebook Comments

Trending News