नेपाल लाइफ इन्स्योरेन्समा अयोग्य व्यक्ति सिइओ : जनताको लगानी, झा र संघाईको मनोमानी !

दियो पोस्ट

काठमाडौं, ८ जेठ । नेपालको सबैभन्दा ठूलो र सर्वश्रेष्ठ विमा कम्पनि दाबी गर्ने नेपाल लाईफ लाइफ इन्स्योरेन्स कम्पनीमा विगत लामो समयदेखि अयोग्य व्यक्तिले नेतृत्व सम्हालि रहेको पाइएको छ ।


नेपाल लाईफको प्रमुख कार्याकारी अधिकृतको रुपमा रहेका विवेक झा अयोग्य भएपनि विगत सात वर्षदेखि झा लगातार प्रमुख कार्यकारी अधिकृत सिइओमा कार्यरत छन् ।


अयोग्य झालाई कारबाही गर्न विमा समितिले यसअघि नै सिफारिस गरेको भएपनि नेपाल लाईफले सर्वसाधरणको रकममाथि लुटधन्दा मच्चाउँदै आएको छ ।


कुनै समय बीमक संघको अध्यक्ष समेत रहेका झाको योग्यताबारे उनी उपाध्यक्ष रहेकै अवस्थामा प्रश्न उठेको थियो । विमा समितिले उनलाई त्यतिबेला नै योग्यता नपुगेको हुनाले योग्यता पुर्याउन निर्देशन दिएको थियो । समितिको ऐन अनुसार विमा कम्पनिको सिइओ हुनका लागि लागि स्नात्तकोत्तर एमए सरहको शैक्षिक योग्यता हुनुपर्छ । तर झाले एमए गरेका छैनन् । उनले आईए गरेर सिए पढेका छन् । सीए मात्र गरेको व्यक्तिलाई स्नातक तहसम्मको अध्ययन भन्ने सर्वोच्च अदालतकै नजिर छ ।


ततकालिन विमा समितिका अध्यक्ष डा. फत्त बहादुर केसी नेतृत्वको समितिले विवेक झालाई स्नात्तकोत्तर गरेर आएपछि मात्रै सिइओ बन्न निर्देशन दिएको थियो । तर, पैसा र शक्तिको दुरुपयोग गर्दै नेपाल लाईफका अध्यक्ष तथा विवादीत व्यापारी गोविन्द लाल संघाईले झालाई आफ्नो स्वार्थमा प्रयोग गर्नका लागि ल्याएका थिए ।


४५ वर्षिय झालाई यसअघि नै २ वर्ष भित्र एमए गर्न समितिले निर्देश्न दिएको थियो । बीमा समितिको उक्त निर्देशनपश्चात् झा अध्ययनको लागि भन्दै तलबी विदामा समेत बसेका थिए । पढाइको लागि भन्दै विदा लिएका झाले अध्ययन तिर लागेनन् नेपाल लाईफको सिइओ बन्ने ध्यानमा लागे । झालाई सिईओ बनाउनका लागि त्रिवेणी समुहले तत्कालिन विमा समितिका अध्यक्ष केसीलाई विभिन्न प्रभाव र दबावमा पारेको थियो । नेपाल लाईफकै योजना मुताविक विमा समितिले छुट्टै निर्देशिका समेत बनाएको खुलाशा यसअघि नै भएको थियो ।


बीमा समितिद्वारा जारी गरेको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७३ अनुसार बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुनका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणितशास्त्र, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच बैँक तथा वित्तीय क्षेत्रमा भए आठ तथा दुुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव रहेको हुनुपर्ने व्यवस्था छ ।


सर्वसाधरणको लगानी रहेको नेपाल लाईफमा झा र संघाईले व्यक्तिगत सम्पत्तिसरह नेपाल लाइफको स्रोत र साधनको दोहन गरिरहेका छन् ।

सम्बन्धित खबर