गन्दर्भ जातीको सभ्यतामा आधारित पूस्तक ‘नेपालका रैथाने गन्दर्भ सभ्यता’ सार्वजनिक

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन २१, २०७८ | २१:०६:५२

काठमाडौँ । अनुसन्धानकर्ता तथा लेखक गोबिन्द नेपाली, डिबी नेपाली र दिपक नेपालीद्वारा लिखित गन्दर्भ समुदायको सभ्यतामा आधारित पुस्तक ‘नेपालका रैथाने गन्दर्भ सभ्यता’ सार्वजनिक भएको छ । सारंगी भिलेज फउन्डेशनद्वारा बुधबार राजधानीमा आयोजित एक र्काक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक बिमोचन कार्यक्रमलाई संवोधन गदै एकिकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले राजनतिक पार्टीका नेताहरुसंग नेपाली समाजलाई अगुवाई गर्न सक्ने क्षमता नभएको आरोप लगाए । नेताहरुको असक्षमता कारण गन्दर्भ जस्ता समुदायकले सास्या भोग्नु परेको उनले बताए ।

समाजले आधुनिकता तर्फ फड्को मार्दै गर्दा गन्दर्भ समुदाय र सारंगी बाजा उपेक्षामा पर्दै गएकाले गन्दर्भ समुदायको पहिचानलाई दस्ताबेजीकरण गर्नका लागि आफुहरुले पुस्तक प्रकाशन गरेको लेखक तथा अनुसन्धानकर्ता गाबिन्द नेपालीले जानकारी दिए । उनले नेपाल एकिकरणमा मनिराम गाइनेको योगदानलाई सम्झिँदै राज्यबाट गन्दर्भ र सारंगी दुबै ओझेलमा परेको बताए । उनले भने, ‘मैले २ वर्ष लगाएर यो पुस्तक लेखेको हुँ, गन्दर्भ जातीको उत्थनका लागि यो पुस्तक अत्यन्तै महत्वपूर्ण हुने बिस्वास लिएको छु ।’

गन्दर्भ समुदायलाई छुट्टै जातीको रुपमा पुस्तकमा चित्रण गरिएपनि पुस्तकमा भनिएझैँ गन्दर्भहरु छुट्टै जाती नभएको अनुसन्धानकर्ता तथा दलित अगुवा यम किशानको भनाई छ । उनले, गन्दर्भ समुदायको सारंगी संगितको महाबिश्वद्यिालय भन्दा फरक नभएको र जातीय बिभेद र अपमानकै कारण गन्दर्भ समुदायको सारंगी लोप हुने क्रममा रहेको बताए । राज्यले सारंगी बाजाको संरक्षण्कालागि नीति बनाउनु पर्ने उनको धारणा छ ।

संचारकर्मी तथा राष्ट्रिय दलित पत्रकार संघका सचिव सन्तोष गन्दर्भले गन्दर्भ समुदायहरु नेपालका ७० भन्दा बढी जिल्लामा बसोवास गर्दै आएको बताए । उनले गन्दर्भहरुको आफ्नै भाषा, संस्कृति र भुगोल भएतापनि चरम जातीय बिभेद, सामाजिक, आर्थिक र शैक्षिक रुपमा पछाडी पारिएका कारण अन्य समुदायसरह अगाडी बढ्न नसकेकको बताए ।

कार्यक्रममा सारंगी भिलेज फाउण्डेशनकी अध्यक्षकी यसोधा राई, पत्रकार ऋषी धमला, अभिनेता शिब श्रेष्ठ लगायलले गन्दर्भ र सारंगकिो संरक्षणका लागि राज्यले नीति बनाउनु पनेमा जोड दिए । गन्दर्भहरुको इतिहाँसलाई उजागर गर्ने खालको पुस्तक प्रकाशन भएको भन्दै पुस्तकको चौतर्फी प्रशंसा गरिएको छ ।

सम्बन्धित खबर