एनआइसी एशिया बैंकका सीइओ न्यौपानेको ‘दरबार’ छिर्न सर्वसाधरण हिँड्ने बाटो नै सट्टापट्टा !

दियो पोस्ट  

काठमाडौं । एनआइसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले सरकारी जग्गा मिचेर बनाएको घर छिर्ने बाटोको लागि समेत सरकारी बाटो सट्टापट्टा गरेको पाईएको छ । जनप्रतिनिधीसँगको मिलेमतोमा उनले सरकारी जग्गालाई सट्टापट्टा गरेको हो ।

यसअघिका जनप्रतिनिधीको मिलेमतोमा उक्त बाटो बन्द गरेर अर्को बाटो साटिएको हो । बुढानिलकण्ठ नगरपालिका वडा नंबर मा उनले निर्माण गरिरहेको भवन प्रवेशको लागि बाटो नै सट्टा पट्टा गरिएको हो । वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बाटो सट्टा पट्टा भएको स्विकार गरे । तर उक्त निर्णय उनको पालामा होइन यसअघिकै जनप्रतिनिधिको मिलेमतोमा गरिएको हो ।

‘मेरो पालामा त सरकारी र पर्ति जग्गा अतिक्रमण गर्नेलाई २५ दिन भित्र हटाउन सुचित गरिएको हो । त्यो सुचना अनुसार आफ्नो आफ्नो हिसाबले सबैले हटाउन थाल्नु भएको छ,’श्रेष्ठले दियोपोस्टसँग भने,‘उहाँले पनि आफै भत्काउन थाल्नु भयो । पहिले कसरी नक्सा पास भयो । कसरी वाल निर्माण भयो भन्ने विषयमा म भन्दा अगाडी नै त्यो निर्णय भएको हुनाले मैले केही भन्न मिलेन ।’

सीइओ न्यौपानेले धोवीखोला माथिको भिरालो जमिन उठाएर वाल लगाएका उनले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरेर घर बनाइरहेका छन् । त्यस्तै उत्तर तर्फ पनि करिब ४÷५ आना जग्गा अतिक्रमण गरेर वाल लगाएका छन् भने दक्षिण तर्फको एक रोपनी जग्गामा उनले विभिन्न भौतिक संरचना निर्माण गरिरहेका छन् ।

स्थानियबासीका अनुसार उनले बनाएको भौतिक संरचना अवैध हो । तर, शक्तिशाली व्यक्तिहरुको छत्रछायाँमा न्यौपानेले अवैध रुपमा संरचना बनाइरहेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ले अशोज २ गते सुचना नै निकालेर अनाधिकृत संरचना हटाउनेबारे ३५ दिने सुचना निकालेको थियो ।

वडाध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा जारी सुचनामा पर्ति जग्गा अतिक्रमण भएको र उक्त जग्गा अतिक्रमण नहटाए वडाले नै हटाउने भनिएको थियो । उक्त सुचना जारी भएपछि वर्षौंदेखि रजाइँ गरिरहेका न्यौपानेले हाल केही भाग छाडेर नयाँ वाल लगाइरहेका छन् । मंगलबार दियोपोस्टकर्मी उनको महलमा पुग्दा धमाधम पुरानो वाल भत्काएर नयाँ वाल निर्माण गरिँदै थियो । वाल भत्काएपछि निस्केका सामग्री समेत जथाभावी छरिएको थियो ।

स्थानिय एक बृद्ध महिलाका अनुसार न्यौपानेले आफ्ना ससुराका बलमा सरकारी पर्ति जग्गा अतिक्रमण गरेका थिए । उनका अनुसार न्यौपानेका ससुरा मालपोतकै कर्मचारी थिए । मालपोतकै कर्मचारी भएका कारण न्यौपानेलाई पर्ति जग्गा हत्याउन सहज भएको ती व्यक्तिको भनाई छ ।

कसरी साटियो बाटो ?
स्थानियबासीका अनुसार उनको महल गेट हुँदै दक्षिण तर्फ ठूलो बाटो थियो । चार पाङ्ग्रे गाडी नै छिर्ने उक्त बाटो यतिबेला बन्द छ । ‘पहिले यो बाटो हिँडेर धोविखोला तर्फ जान पाइने थियो । तर, न्यौपानेको घर बनेपछि हामीलाई बाटो नै हिँड्न बन्द गरेर गेट बनाइएको छ,’ उनकै घर अगाडी किराना पसल गरेर बसेकी एक महिलाले दियोपोस्टसँग भनिन्,‘पहिले त गाडी नै जाने गल्लीको बाटो थियो । यो घर बनेपछि हामीलाई हिँड्न प्रतिबन्ध लगाएर गेट बनाइएको छ । खै कसले कसरी अनुमति दियो । हामीलाई थाहा छैन ।’

याे पनि पड्नुहाेस् :

एनआईसी एशियाका सीइओ रोशन न्यौपानेले सरकारी पर्ति जग्गा अतिक्रमण गरेर बनाए ‘भव्य दरबार’ !

सम्बन्धित खबर