टाट पल्टिएको आयल निगमले ६७ करोड खर्चिएर पोखरामा भण्डारण बनाउँदै, समानान्तरलाई ठेक्का

दियो पोस्ट  

 

काठमाडौं । नेपाल आयल निगम अर्बौं घाटामा छ । केहीमहिना अघि निगमले दैनिक जसो विज्ञप्ति निकालेर ईन्धनको मुल्य बढाउने गरेको थियो । स्थिति यस्तो थियोकी अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्य घट्दा समेत नेपाल आयल निगमले भने यहाँ ईन्धनको मुल्य घटाउँदैन थियो । निगम टाट पल्टिएका कारण ईन्धन समेत आयात गर्न नसक्ने अवस्थामा रहेको भन्दै सरकारलाई चिठी नै लेखेर अर्बौं रकम मागेको घटना समेत ताजै छ । तर, यसरी टाट पल्टिएको नेपाल आयल निगमले ६७ करोड रुपैयाँ खर्च गरेर पोखरा विमानस्थलस्थित ईन्धन भण्डारणस्थल बनाउन ठेक्का स्विकृत गरेको छ ।

२०७७ साल चैत्र २ गते खोलिएको पोखरास्थित निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलमा ईन्धन भण्डारणस्थल निर्माणको ठेक्का साढे २ वर्षपछि स्विकृत गरिएको छ । यसअघि विवादित भएको उक्त ठेक्का फेरी सोही कम्पनिलाई दिएको छ । निगमको सबै जसो ठेक्कामा एकछत्र गर्दै आएको समानान्तर निर्माण सेवाले नै पोखरास्थित उक्त ईन्धन भण्डारणस्थल निर्माणको ठेक्का पाएको हो ।

हिजो प्रकाशित गोरखापत्रमा भारतीय कम्पनिको ज्वाइन्ट भेन्चरमा समानान्तरलाई उक्त ठेक्का दिइएको हो । प्रकाशित सुचना अनुसार उक्त भण्डारण स्थलको कुल स्विकृत रकम ७६ करोड २९ लाख ८१ हजार ५ सय २० रुपैयाँ रहेको छ ।
समानान्तर निर्माण सेवाको मालिक अच्युत प्रसाद खरेल हुन् ।

सम्बन्धित खबर