डिएसपीको दादागिरी : प्रश्न सोध्ने पत्रकारको मोबाइल खोसियो, हातपातको प्रयास !

दियो पोस्ट  

धादिङ : सवारी दुर्घटना र सडक सुरक्षाका बिषयमा जानकारी माग्दा प्रहरीका एक प्रवक्ताले पत्रकारमाथि नै हातपात गरेका छन् । धादिङबाट एक टेलिभिजन रिपोर्टरको रुपमा काम गर्दै आएका विकाश रौनियारले आफूमाथि डिएसपी रामकृष्ण सापकोटाले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । डिएसपीले आफूमाथि हातपातको प्रयास गरेको समेत उनले बताएका छन् । डिएसपीले धम्की दिएको भिडियो कैद गर्न खोज्दा उनको मोबाइल नै खोसेको पीडित पत्रकारले बताएका छन् ।

वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय राम नगरका प्रवक्ता रहेका डिएसपी सापकोटा धादिङको गजुरीमा आएका बेला यस्तो घटना भएको हो ।
डिएसपी सापकोटाले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनालाई लिएर पत्रकार महासंघ धादिङ शाखाले विज्ञप्ति नै निकालेर विरोध गरेको छ ।