काठमाडौं । चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए ।
रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको स्रोतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।