मिनरल वाटरले छोपेर गाजाँ तस्करी,सशस्त्र प्रहरीद्वारा दुई सय १० के.जी. बरामद

दियो पोस्ट  

सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गमरिया स्थित मलंगवा नवलपुर सडकखण्डबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव २ सय १० के.जी. गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपी राखेको १४ पोका गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

सिफारिस