युएईविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

दियो पोस्ट  

काठमाडौं । घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी यूएईलाई २-१ ले हराउँदै नेपालले एक दिवसीय श्रृंखला जितेको छ । ३ म्याचको श्रृंखलाअन्तर्गत पहिलो म्याचमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले दोस्रो म्याचमा प्रतिस्पर्धात्मक जित दर्ता गर्‍यो । तेस्रो म्याचमा भने नेपाल यूएईमाथि पूरै हाबी हुँदै सहज जित निकालेको हो ।

ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारीमा युनाईटेड अरब ईमिरेट्स (यूएई)लाई ६ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाउन सफल भयो ।