कञ्चनपुरमा नेकपा बहुमतका जिल्ला इन्चार्जसहित आठ जना पक्राउ

दियो पोस्ट  

कञ्चनपुर । कञ्चनपुरमा नेकपा बहुमतका जिल्ला इन्चार्ज हरिष दयाल लगायतसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा रहेको टोलीले कञ्चनपुरको बेदकोट नगरपालिका– ७ गाउजीका ४२ वर्षीय हरिष दयाल, भिमदत्त नगरपालिका ९ मटेनाका २४ वर्षीय दीपेन्द्र ऐरी, वडा नम्बर १ बाराकुण्डाका ३० वर्षीय सुरेन्द्र धानुक र वडा नम्बर ८ तिलाचौरका २१ वर्षीय विरेन्द्र नाथलाई पक्राउ गरेको हो ।

यसैगरी भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षीय सुरज मल्ल, भिमदत्त नगरपालिका ९ मटेनाका २१ वर्षीय सुरेश नाथ ,वडा नम्बर १८ कटानका ३० वर्षीय वीरेन्द्र शाह र शुक्लाफाँटा नगरपालिका–८ मणिकाधामका ४० वर्षीय नक्साल विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान करिब साढे ९ बजे दयाल नेतृत्वको समूहले मतदान स्थल बाहिर पर्चा पम्प्लेट देखाएर चुनावको विरोध जनाएको थियो ।

सिफारिस