निर्वाचनको दिन देश छाड्नेहरु भन्छन्,-‘गलत नेतृत्वका कारण आफ्नो अधिकार गुमाउनु पर्यो’(फोटोकथा)

दियो पोस्ट  

काठमाडौं । आज देशभर आम निर्वाचनको माहोल छ तर निर्वाचनको मतदान केन्द्रमा भन्दा धेरै भिड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको छ । निर्वाचनकै दिन अध्ययन तथा राजगारीका लागि भन्दै धेरै युवाहरुले देश छाडेका छन् ।

निर्वाचनकै दिन रोजगारको लागि मलेसिया हिडेका अमित कुमार कटेल भन्छन्,‘ अहिलेसम्म भोट हालेकै हौँ, केही भएन । जती भोट हालेपनि विकासको नाममा केही भएको छैन ।’ त्यस्तै उनले नेताहरुको गलत प्रवृत्तिका कारण युवाहरु खाडी छिर्न वाध्य रहेको समेत बताए ।

अबको दिनमा पनि केही परिवर्तन नहुने र गलत नेतृत्वका कारण युवाहरुले अझै धेरै समय अन्य मुलुकमा पसिना चुहाउनु पर्ने निर्वाचनकै दिन दुबई हिडेका केशव रानाभाट बताए ।

उनले भने,‘अहिलेसम्म जे जति गरेपनि रोजगारीको लागि केही गरेको देखिदैन, देशको अर्थतन्त्र रेमिटेन्सले धानेको छ । अब आउनेहरुले पनि केही गर्न सक्दैनन् । अझै धेरै समय हामी जस्ता युवाहरुले नै अरुको पसिना चुहाउनु पर्ने निस्चित छ ।’