रोल्पा १ (क) मा माओवादीका महरा फराकिलो मतान्तरले निर्वाचित

दियो पोस्ट  

रोल्पा । रोल्पाको प्रदेशसभा १ (क) मा नेकपा माओवादी केन्द्रका नेता जोखबहादुर महरा फराकिलो मतान्तरले विजयी भएका छन्।

महराले १९ हजार ४ सय २५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीले जम्मा ५४०५ मात्रै प्राप्त गरेका थिए।

महराले बुढाथोकीलाई १४०२० मतान्तरले पराजित गरेका हुन ।