काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनी ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन्।
यसअघि पनि लिङ्देन यही क्षेत्रबाट सिटौलालाई पराजित गर्दै विजय प्राप्त गरेका थिए ।