यूनाइटेड सहकारीको लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको यूनाइटेड बचत तथा ऋण सहकारीले बचतकर्तालाई ब्याज दिने नाममा करोडौं रकम ठगी गरेको खुलेको छ । उक्त सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० का सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको आरोप छ । पुनका अुनसार करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत,मालपोत, वडाकार्यालय र वकिलहरुसँग मिलेमातो गरेर सो सहकारील लिलाम गरेको हो ।
पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयम सुरेन्द्र भएको किर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।
ऋण लिदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाई पञ्च पुनले ५ लाख,निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतिले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको छ ।
२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजि गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनि घरमा पत्र पठाएको पीडितले बताए । सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाईले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्धा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसाल गरे पनि सहकारी पुनः त्यसवीरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्धा उल्ट्याएको आरोप पीडितको छ ।
त्यसपछि पीडित न्यायको निम्ति सर्बोच्च अदालतमा गए,सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनि पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।
यसरी १८ वर्षदेखि अदालतमा मुद्धा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडित दुःख व्यक्त गरे । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्बजनिक गर्न विवश भएको उनी बताउँछन् ।
सोही विषयमा बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्याय तथा कानुन् विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

TATA ADD