भुकम्प प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको अभाव

दियो पोस्ट  

गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । यहाँ औषधि र स्वास्थ्यकर्मीको अभाव भएपछि सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी गरिएको छ ।

जाजरकोटमा मानवीय तथा भौतिक क्षति बढी भएको छ । उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

भूकम्पमा परी यहाँ अहिलेसम्म १२९ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ३७ जना र जाजरकोटमा ९२ जनाको ज्यान गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए ।