धनकुटामा एकै परिवारका ३ जना मृत फेला

दियो पोस्ट  

विराटनगर । धनकुटा एकै परिवारका ३ जना मृत फेला परेका छन् ।

जिल्लाको नगरपालिका–१ निगालेका स्थानीय टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको प्रहरीले जानकारी दिए ।

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङका परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएका थिए ।

ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।

‘बुवा, आमा र छोरा मृत भेटिएका छन्, के भएर यस्तो भयो अनुसन्धान भई रहेको छ’, प्रहरीले जानकारी दिए ।