पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु

दियो पोस्ट  

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करले एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा–५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइत भएका मोटरसाइकल चालक थरबत थापाको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।