एक सय ७७ पिस नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ

दियो पोस्ट  

कास्की । कास्कीमा लागूऔषध नाईट्रोभेटसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ७७ पिससहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–३ बस्ने २० वर्षीय विशाल दिसवा थारू रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पोखरातर्फ जाँदै गरेको हाईसमा
सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।