
कैलाली । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–११ बेलास्थित सडकमा से.२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय खेम चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।