अवैध लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

स्याङ्जा । अवैध लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको फेदिखोला गाउँपालिका–२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनी तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।