अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।