रवि लामिछानेलाई अदालतमा पेस गरियो, ३० दिन म्याद थप गर्न प्रहरीको माग

दियोपोस्ट संवाददाता  

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजालसमा हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामीछानेलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत कास्की पुर्याइसकेको छ । म्याद थपको बहसका लागि इजालसमा उपस्थित गराइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

लामिछानेलाई ३० दिनको म्याद थपको मागसहित अदालतमा पेश गरेको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । रविसहित सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी, लिला पर्छाईं र रामबहादुर खनालको म्याद थपको बहस पनि पौडेलको ६ नम्बर इजलासमा हुनेछ ।

लामिछाने गत कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ ।

राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

सिफारिस